![कोरोना भाइरस इटलीमा मृत्यु](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Coronavirus-Death-in-Italy.jpg?fit=800%2C470&ssl=1)
साउन २९, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।
ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक÷एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।