१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या २४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ४८४ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन २८, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४८४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६७२८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

काठमाडौं उपत्यकामा आज थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १०९ जना, ललितपुर जिल्लाका २१ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा १०४८१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४८४६ जना र आइसोलेसनमा ७६१३ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणवाट मृत्य हुनेको संख्या ९१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २३९४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६३८ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु