८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा आज १३८ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी १३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १०९ जना, ललितपुर जिल्लाका २१ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा २९ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ११ जना, पाटन अस्पताल तथा ललितपुरमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै काठमाडौँ जिल्लामा आज स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ९ जना, पिथ ल्याबमा गरिएको परीक्षणमा ५ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा २ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जना, हयाम्स अस्पतालमा गरिएको परीक्षणमा ८ जना तथा वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ललितपुर जिल्लामा आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जना, पाटन अस्पताल, ललितपुरमा गरिएको परीक्षणमा १४ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा २ जना, पिथ ल्याबमा गरिएको परीक्षणमा २ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुर जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा २ जना, पाटन अस्पताल, ललितपुरमा गरिएको परीक्षणमा १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा २ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा १ जना तथा हयाम्स अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी १३४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !