१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना जित्नेको संख्या १६७२८ पुग्यो, थप ६४ जना घर फर्किए


कोरोना डिस्चार्ज

साउन २८, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६७२८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४८४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १०९ जना, ललितपुर जिल्लाका २१ जना र भक्तपुर जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा १०४८१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४८४६ जना र आइसोलेसनमा ७६१३ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणवाट मृत्य हुनेको संख्या ९१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १६६६४ पुग्यो, थप १७१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु