२६ बैशाख २०८१, बुधबार

प्रदेश सांसद कुसुम श्रेष्ठमा देखियो कोरोना संक्रमण


कुसुम श्रेष्ठ

विराटनगर, २८ साउन । प्रदेश १ प्रदेशसभा सदस्य सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण गर्दा श्रेष्ठमा बुधबार कोरोना पोजेटिभ देखिएको हो ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठ इटहरीमा बसोबास गर्दै आएकी थिइन् । इटहरीमा रहेको अवस्थामा २० साउनमा स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । उनले आफ्नो अवस्था सामान्य भएको र आत्मवल मजबुद बनाएर कोरोनालाई जित्ने बताइन् ।

कोरोना संक्रमण पुष्टि हुने उनी उनी दोस्रो उच्च पदस्थ हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेकपाबाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !