४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा कोरोना जित्नेको संख्या १४४३ पुग्यो, थप ६० जना घर फर्किए


घर फर्किए

२४ साउन, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै गण्डकी प्रदेश कोरोना भाइरस जित्नेको संख्या १४४३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशवाट ६० जना कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकाहरुमा स्याङ्जाबाट ३० जना, म्याग्दीबाट ६ जना, नवलपरासी (ब.सु.पू) बाट २० जना र लमजुङबाट ४ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशवाट ६० जना कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेशमा आज दिउसो एकैदिन २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६११ जना पुगेको छ ।

गण्डकी प्रदेशमा आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६११


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !