२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६११


कोरोना भाइरस

२४ साउन, पोखरा । गण्डकी प्रदेशमा आज दिउसो एकैदिन २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६११ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । आज कोरोना संक्रमित थपिएकाहरुमा स्याङ्जामा ७ जना, म्याग्दीमा १ जना, कास्कीका ३ जना र बाग्लुङमा १३ जना रहेका छन् ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ७८२ पिसिआर नमुनामा गोरखा ५०, तनहुँ ५१, लमजुङ ६८, स्याङजा १८३, बाग्लुङ ६१, म्याग्दी ५५ र कास्की ३१४ नमुना परिक्षण भएकोमा २४ जनामा कोरोना संक्रमण देखिएको जानकारी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले जानकारी दिएका छन् । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गत २४ घण्टामा जम्मा २८ नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उपरोक्त संक्रमितमध्ये बाग्लुङका संक्रमितहरु महोत्तरी जिल्लाबाट आएकाहरु हुन् । अन्य जिल्लाका व्यक्तिहरुमध्ये पोखरा महानगरपालिका १७ जना र बेनीका ४ जना भारतबाट आएका हुन् भने बाँकी व्यक्तिहरु संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु (Contact Tracing) हुन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १४४३ पुगेको छ । जस अनुसार गत २४ घण्टामा स्याङ्जाबाट ३० जना, म्याग्दीबाट ६ जना, नवलपरासी (ब.सु.पू) बाट २० जना र लमजुङबाट ४ जना गरी कुल ६० जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशमा आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६११


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !