२० बैशाख २०८१, बिहिबार

नेपालका ५ जिल्ला भए कोरोनामुक्त, २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित


‘कोरोना फ्री‘

साउन १८, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २४६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४६०३ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १०९३४ पुगेको छ भने आइसोलेसनमा ५६७२ जनाको उपचार भइराखेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको ज्यान गइसकेको छ ।

साथै हालसम्म नेपालका ५ जिल्ला कोरोनामुक्त भएका छन् भने २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ५ जिल्ला कोरोनामुक्त भएका छन् भने रौतहट र कैलाली जिल्ला गरी २ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालका ६ जिल्ला भए कोरोनामुक्त, २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !