५ जेष्ठ २०८१, शनिबार

नेपालका ६ जिल्ला भए कोरोनामुक्त, २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित


‘कोरोना फ्री‘

साउन १२, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८७५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६२६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३७५४ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १६३७९ पुगेको छ भने आइसोलेसनमा ४९५० जनाको उपचार भइराखेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४८ जनाको ज्यान गइसकेको छ ।

साथै हालसम्म नेपालका ६ जिल्ला कोरोनामुक्त भएका छन् भने २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला कोरोनामुक्त भएका छन् भने कैलाली र रौतहट जिल्ला गरी २ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !