२५ बैशाख २०८१, मंगलबार

कञ्चनपुर जिल्लामा आज एकैदिन थपिए कोरोनाका २६ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन ८ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा आज एकैदिन थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुर जिल्लामा थप २६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

कञ्चनपुर जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरको बेलौरी नगरपालिकाका ५ जना, बेलडाँडी गाउँपालिकाका ८ जना र शुक्लाफाँटा नगरपालिकाका १३ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २६ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !