२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, श्रावण ७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५०० नमुनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये सल्यानका २ जना, बर्दियाका २ जना र बाँकेका ३ जना रहेका छन् । उनीहरु ३ जना महिलाहरु र ४ जना पुरुषहरु रहेका छन् ।

भेरी अस्पतालमा बिगत २४ घण्टामा प्राप्त भएका नमुनामघ्ये २७१ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ७ वटा नमूनाको नतिजा पोजेटिभ र २६४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !