२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, श्रावण ५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये दाङका २ जना, बाँकेका १ जना र रुकुम पूर्वका ७ जना गरी १० जना रहेका छन् । उनीहरु ७ जना पुरुषहरु र ३ जना महिलाहरु रहेका छन् ।

भेरी अस्पतालमा बिगत २४ घण्टामा प्राप्त भएका नमुनामघ्ये ३०० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १० वटा नमूनाको नतिजा पोजेटिभ र २९० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !