२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, श्रावण १ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज अपराह्न १:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये बर्दियाका १ जना, सुर्खेतका १ जना र बाँकेका २ जना गरी ४ जनामा रहेका छन् । उनीहरु ३ जना पुरुषहरु र १ जना महिला रहेका छन् ।

भेरी अस्पतालमा बिगत २४ घण्टामा प्राप्त भएका नमुनामघ्ये ३०० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ४ वटा नमूनाको नतिजा पोजेटिभ र २९६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !