२५ बैशाख २०८१, मंगलबार

पूर्वमन्त्री तथा कांग्रेस नेता शाहीमा कोरोना संक्रमण पुष्टि


जीवनबहादुर शाही

सुर्खेत, असार ३० । पूर्वमन्त्री पर्यटनमन्त्री, नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

२ दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् । उनका अनुसार सांसद शाहीलाई अहिले आइसोलेसनमा राखिएको छ ।

उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए । संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।

शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । प्रदेश सभाको बैठक केही दिनका लागि स्थगित भएको छ । कर्णाली प्रदेश सभामा ४० जना सांसद छन् ।

नेपालमा पहिलोपटक सांसदमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि स्थानीय जनप्रतिनिधिमा मात्र कोरोना संक्रमण पुष्टी भएको थियो।

यो पनि पढ्नुहोस्

नेपालमा पहिलोपटक सांसदमा देखियो कोरोना भाइरस संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !