६ जेष्ठ २०८१, आइतबार

नेपालमा पहिलोपटक सांसदमा देखियो कोरोना भाइरस संक्रमण


कोरोना पोजेटिभ

काठमाडौं, ३० असार । नेपालमा पहिलोपटक सांसदमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मंगलबार आएको रिपोर्ट अनुसार सासंदलाई कोरोना पुष्टि भएको बताए ।

साथै उनले प्रदेशसभाका अन्य सदस्यहरुलाई पनि कोरोना संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए । उनका अनुसार ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ ।

‘एक जना सांसदको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, उनले भने । उनी नेपाली कांग्रेसका सांसद हुन् । उनमा कुनै लक्षण भने देखिएको छैन ।

प्रदेश सभाको बैठक केही दिनका लागि स्थगित भएको छ । कर्णाली प्रदेश सभामा ४० जना सांसद छन् । यस अघि स्थानीय जनप्रतिनिधिमा भने कोरोना संक्रमण पुष्टी भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !