२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असार ३० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २०० नमुनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज अपराह्न ३:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु मध्ये बाँकेका १ जना, बर्दिया १ जना, दाङका ५ जना र रोल्पाका ३ जना रहेका छन् । उनीहरु ९ जना पुरुषहरु र १ जना महिला रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !