२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असार २३। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ४८ घण्टामा ७०५ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज अपराह्न ३:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु मध्ये सल्यानका ५ जना, रुकुमका ५ जना, दाङका ३ जना र बर्दियाका २ जना रहेका छन् । उनीहरुमध्ये एकजना महिला र अन्य १४ जना पुरुष रहेका छन् ।

हालसम्म प्राप्त जम्मा नमुना संख्या १४००५ रहेका छन् भने अस्पतालमा १३६५५ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये ६६८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !