२६ बैशाख २०८१, बुधबार

प्युठानमा आज थपिए कोरोना भाइरसका २० नयाँ संक्रमित


कोरोना भाइरस

प्युठान, असार १२ । प्युठान जिल्लामा आज थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या २११ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा ऐरावती गाउँपालिकाका १६ जना र प्युठान नगरपालीकाका ४ जना गरी २० जना रहेका छन् ।

आज कोरोना संक्रमित हुनेहरुको १४ वर्षदेखि ५७ बर्ष उमेर समुहका पुरुषहरु रहेका छन् l प्युठानमा कोरोनालाई जितेर निको भई घर फर्केका २ जना समेत गरी जम्मा कोरोना संक्रमितको संख्या २११ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !