१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ भित्रनेलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य, नबसे कारवाही गर्न आदेश


असार १०,काठमाडौं । तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा पनि अब तपाईंले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृहमन्त्रालयले उपत्यकाबाट काठमाडौँ आएर कोरोना परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिएमात्र अस्पताल आउन भनेको छ ।

गृहमन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ । पत्रमा नियमानुसार आवश्यक कारवाही गर्न पनि आदेश दिइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !