२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९३


कोरोना भाइरस

८ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बेलुकी थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज राती ८:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका तनहुँमा १७ जना, स्याङ्जामा ९ जना, बाग्लुङमा ८ जना, गोरखामा ११ जना, लमजुङका ५ जना, पर्वत, नवलपुर र कास्कीका १/१ जना गरी ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देनालयका अनुसार तनहुँमा १७ जना संक्रमित थपिएकाहरुमा बन्दीपुरका १० जना, भिमाद र आँबुखैरेनीका ३/३ जना र घिरिङका १ जना रहेका छन् । यस्तै स्याङ्जाका ६ जना अर्जुनचौपारीका ५ जना, कालिगण्डकीका २ जना र बालिङका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

साथै बाग्लुङमा ताराखोलामा ७ जना र निसिखोलका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै गोरखामा भिमसेनका ५ जना, गण्डकी र सहदीलखन पालिकाका ३/३ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङका ५ जना, पर्वत, नवलपुर र कास्कीका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ । आज बिहान मात्रै गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर कोरोना संक्रमितको संख्या ५४० जना पुगेको थियो ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !