२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४०


कोरोना भाइरस

८ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना गरी २० जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सवै भारतवाट फर्केका हुन् र उनीहरु सम्वन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !