२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८८


कोरोना भाइरस

६ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज राती ७:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका तनहुँ, बागलुङ, नवलपुर र मुस्ताङ्गमा गरी आज ५० जना नयाँ कोभिड-१९ सङ्क्रमित थपिएका हुन् । तनहुँमा २ जना, नवलपुर १८ जना, बागलुङका २९ जना र मुस्ताङ्गका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश कोरोना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !