२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा बिहानै ४२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८९


कोरोना भाइरस

४ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा १८ जना, र तनहुँमा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।  मनाङको १ जना र गोरखामा ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । मुस्ताङ बाहेक गण्डकी प्रदेशमा अब १० वटै जिल्लामा कोरोना संक्रमण देखिसकेको छ ।

मनाङको १ जना कपिलबस्तुबाट फर्किएका हुन् भने अरु सबै भारतबाट फर्किएको हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !