doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19
मान्म, ३ असार । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो ।
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो ।
कोराना संक्रमित आइसोलेशनमा छन् । ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उहाँले भन्नुभयो, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ ।’