१४ बैशाख २०८१, शुक्रबार

नेपालमा ११५८ जनाले जिते कोरोना, थप ११७ जना घर फर्किए


घर फर्किए

२ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज हुनेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर मान्माबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारतांग आइसोलेसन सेन्टर दैलेखबाट १ जना, प्रादेशिक अस्पपाल सुर्खेतबाट २ जना रहेका छन् ।

नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३८० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । नेपालमा अहिलेसम्म ६५९१ कोरोना संक्रमितहरुमध्ये ६०९२ जना पुरुषहरु र ४९९ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ११७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५८ जना पुगेको छ । आज कोरोना भाइरस जित्ने ११७ जनाहरुमध्ये १०९ जना पुरुषहरु र ८ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस

नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३८० संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा १०४१ जनाले जिते कोरोना, थप ६७ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु