१३ बैशाख २०८१, बिहिबार

नेपालमा १०४१ जनाले जिते कोरोना, थप ६७ जना घर फर्किए


घर फर्किए

१ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०४१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज हुनेहरुमा कोभिड १९ अस्पताल जनकपुरबाट २४ जना, पाटन अस्पतालबाट ४ जना, कोभिड १९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट २ जना, त्रिवि शिक्षण अस्पतालबाट २ जना, कलैया अस्पताल बाराबाट ६ जना, साई कृष्ण आइसोलेसनबाट १७ जना र कोरोना विशेष अस्पताल दाङबाट १२ जना रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४५१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ । आज ४५१ कोरोना संक्रमितहरुमध्ये ४१६ जना पुरुषहरु र ३५ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ६२११ कोरोना संक्रमितहरुमध्ये ५७४० जना पुरुषहरु र ७७१ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ६७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०४१ जना पुगेको छ । १०४१ जना कोरोना जित्नेहरुमध्ये ९३७ जना पुरुषहरु र १०४ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६२११ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४५१ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा ९७४ जनाले जिते कोरोना, थप ६१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !