१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३८० संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार २ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३८० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा झापा १, पाँचथर १, सुनसरी २, सिरहा २, रौटहट ५२, महोत्तरी १७, पर्सा २, गोरखा १०, नवलपरासी पूर्व ३, बागलुङ १, तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १ जना रहेका छन् ।

साथै बैतडी २१, डोटी २०, कञ्चनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, अर्घाखाँची ९, रुपन्देही १, दैलेख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, काठमाडौं १, महोत्तरी ७२, मोरङ १, रोल्पा १, रुपन्देही ३, सर्लाही १६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडीटी विधिबाट २ लाख २३ हजार ५१९ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार १८३ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४३ हजार ७३८ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ५ हजार ५५ पीसीआर विधिवाट परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ५३१ जना रहेका छन् ।

नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ६५९१ कोरोना संक्रमितहरुमध्ये ६०९२ जना पुरुषहरु र ४९९ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ११७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५८ जना पुगेको छ । आज कोरोना भाइरस जित्ने ११७ जनाहरुमध्ये १०९ जना पुरुषहरु र ८ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा ११५८ जनाले जिते कोरोना, थप ११७ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा संक्रमितको संख्या ६२११ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४५१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !