१४ बैशाख २०८१, शुक्रबार

नेपालमा ४८८ जनाले जिते कोरोना, थप २१ जना घर फर्किए


कोरोना संक्रमण मुक्त

२६ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४८८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार निको हुने ४८८ जनामा ४१९ जना पुरुषहरु र ६९ जना महिलाहरु रहेका छन् । सोमबार डिस्चार्ज हुने २१ जनामा १ जना महिला र २० जना पुरुषहरु रहेका छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालबाट २० जना र काठमाडौंको बलम्बुस्थित कोभिड-१९ अस्पतालबाट १ जना महिलाले कोरोना जितेर घर फर्किएका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । आज ३१४ कोरोना संक्रमितहरुमध्ये २९४ जना पुरुषहरु र २० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ३७६२ कोरोना संक्रमितहरुमध्ये ३५१२ जना पुरुषहरु र २५० जना महिलाहरु रहेका छन् । नेपालमा ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४८८ पुगेको छ ।

नेपालमा सिन्धुपाल्चोकका १ जना, बाँकेका १ जना, गुल्मीका १ जना, बाराका १ जना, ललितपुरका १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, धनगढीका १ जना र स्याङ्जाका १ जना गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३१४ संक्रमित

नेपालमा ४६७ जनाले जिते कोरोना, थप १०२ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !