१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो


मृत्यु-निधन

काठमाडौँ, जेठ २६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

स्याङ्जा जिल्लाका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको पोखरामा मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ५८  वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको थियो ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

पहिलेदेखि नै बिरामी भएका मृतक व्यक्तिलाई २२ गते सुनौली नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेर स्याङ्जा ल्याइएको थियो । उनी ६ महिना अघि उपचार गराउन भारत गएका थिए ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । आज ३१४ कोरोना संक्रमितहरुमध्ये २९४ जना पुरुषहरु र २० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ३७६२ कोरोना संक्रमितहरुमध्ये ३५१२ जना पुरुषहरु र २५० जना महिलाहरु रहेका छन् । नेपालमा ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४८८ पुगेको छ ।

यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र धनगढीका १ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा ४८८ जनाले जिते कोरोना, थप २१ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३१४ संक्रमित

स्याङ्जाका १ जना कोरोना संक्रमितको पोखरामा मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !