१४ बैशाख २०८१, शुक्रबार

नेपालमा ४६७ जनाले जिते कोरोना, थप १०२ जना घर फर्किए


bp-koirala

२५ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । उनीहर १० औं दिनमा डिस्चार्ज भएका हुन्। यस्तै बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको डा. देवकोटाले बताएका छन् । आज डिस्चार्ज हुनेहरु १०२ जना मध्ये २ जना महिलाहरु र १०० जना पुरुषहरु रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । आज २१३ कोरोना संक्रमितहरुमध्ये २०९ जना पुरुषहरु र ४ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ३४४८ कोरोना संक्रमितहरुमध्ये ३२१२ जना पुरुषहरु र २३६ जना महिलाहरु रहेका छन् । नेपालमा ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पाका १ जना र धनगढीकी १ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ २१३ संक्रमित

नेपालमा ३६५ जनाले जिते कोरोना, थप ३२ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु