१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ २१३ संक्रमित


डा. विकास देवकोटा

काठमाडौँ, जेठ २५। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमित हुनेहरुमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

आज २१३ कोरोना संक्रमितहरुमध्ये २०९ जना पुरुषहरु र ४ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ३४४८ कोरोना संक्रमितहरुमध्ये ३२१२ जना पुरुषहरु र २३६ जना महिलाहरु रहेका छन् । नेपालमा ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४६७ पुगेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र धनगढीका १ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ४६७ जनाले जिते कोरोना, थप १०२ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु