२१ बैशाख २०८१, शुक्रबार

नेपालमा २९० जनाले जिते कोरोना, थप १२ जना घर फर्किए


कोरोना संक्रमण मुक्त

२२ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । नेपालमा अहिलेसम्म डिस्चार्ज २९० जनामध्ये २३४ जना पुरुषहरु र ५६ जना महिलाहरु रहेका छन् ।

आज नारायणी अस्पतालवाट ५ जना डिस्चार्ज भएका हुन् । उनीहरुको उमेर समूह २५ वर्षदेखि ७० बर्ष रहेको छ र अस्पताल भर्ना भएको नवौ दिनमा उनीहरु डिस्चार्ज भएका हुन् । साथै कलैया अस्पतालवाट ७ जना गरी १२ जना डिस्चार्ज भएका हुन् । उनीहरुको उमेर समूह २८ वर्षदेखि ४९ बर्ष रहेको छ र अस्पताल भर्ना भएको १० औदेखि १७ औ दिनमा उनीहरु डिस्चार्ज भएका हुन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । नेपालमा ६५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना र पाल्पाका १ जना गरी १० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३४ संक्रमित

नेपालमा २७८ जनाले जिते कोरोना, थप १२ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !