८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो


मृत्यु-निधन

काठमाडौँ, जेठ २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार ती मृतक व्यक्ति भारतबाट ५ दिनअघि आएका र स्थानीय गाउँपालिका क्‍वारेन्टाइनमा रहेका थिए । श्वास-प्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको ३ दिनअघि २० गते मृत्यु भएको हो भने आज कोरोना पोजेटिभ पुष्टि भएको हो ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । नेपालमा ६५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २९० पुगेको छ । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना र दोलखाका १ जना गरी ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३४ संक्रमित

नेपालमा २९० जनाले जिते कोरोना, थप १२ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !