२१ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३४ संक्रमित


डा. विकास देवकोटा

काठमाडौँ, जेठ २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

आज २०१ कोरोना संक्रमितहरुमध्ये ३१९ जना पुरुषहरु र १५ जना महिलाहरु रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म २६३४ कोरोना संक्रमितहरुमध्ये २४५० जना पुरुषहरु र १८४ जना महिलाहरु रहेका छन् । नेपालमा ६५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २९० पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना र पाल्पाका १ जना गरी १० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा २९० जनाले जिते कोरोना, थप १२ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या २३०० पुग्यो, आज थपिए कोरोनाका नयाँ २०१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !