१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १७९३ पुग्यो, आज थपिए कोरोनाका नयाँ २२६ संक्रमित


डा. विकास देवकोटा

१९ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २२६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९३ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । आज संक्रमण पुष्टि हुनेहरुमा २१३ जना पुरुषहरु र १३ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा दैलेखका ४१ जना, कपिलवस्तुका ४० जना, सर्लाहीका ३८ जना, जुम्लाका १९ जना, रौटहतका १८ जना, कैलालीका १४ जना, सल्यानका १० जना, दाङका ९ जना, बाँकेका ७ जना, धनुषाका ७ जना, सुर्खेतका ५ जना, सिरहाका ५ जना, नवलपरासी पूर्वका ३ जना, झापाका २ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, उदयपुरका १ जना, अछामका १ जना, बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जना रहेका छन् ।

यसअघि हिजो १५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएर नेपालमा कोरोना संक्रमितको संख्या १७९३ पुगेको हो तर मन्त्रालयका प्रवक्ताले आज थप २२६ थपिएर कोरोना संक्रमितको संख्या १७९८ पुगेको भनेपनि तथ्यांक हेर्दा आज १७९८ पुग्न आज संक्रमित पुष्टि संख्या २३१ हुनुपर्छ ।

मन्त्रालयका अनुुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या देशभरी १५६९ जना रहेको छ । साथै सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् । हालसम्म ५९ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिइसकेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२१ पुगेको छ ।नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा २२१ जनाले जिते कोरोना, थप १ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो, आज थपिए कोरोनाका नयाँ १६६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु