२० बैशाख २०८१, बिहिबार

दैलेखमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ पुष्टि, कोरोनावाट मृत्यु हुनेको संख्या ७ पुग्यो


मृत्यु-निधन

काठमाडौँ, जेठ १७ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । दुल्लु नगरपालिका-११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका-७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो । शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो।

भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गर्न भने बाँकी छ ।

यसअघि यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना र अर्घाखाँचीका १ जना गरी ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १४०१ जना कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना अस्पतालवाट डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा २१९ जनाले कोरोना जितेका छन् । नेपालमा ५३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

कोरोना मृतक पुष्टि

यो पनि पढ्नुहोस्

नेपालमा २१९ जनाले जिते कोरोना, थप १३ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८९ संक्रमित

कोरोना भाइरसवाट नेपालमा छैटौ व्यक्तिको मृत्यु पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !