२२ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या १३४ पुग्यो, फेरि थपिए कोरोनाका १३ संक्रमित


कोरोना पोजेटिभ

२९ वैशाख, काठमाडौं । नेपालमा फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका-६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार निजको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

आज मात्र यसअघि ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएर नेपालमा संक्रमितको संख्या १२१ पुगेको थियो । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३३ जना रहेकाे छ । आज फेरि कोरोनाका नयाँ १३ संक्रमित थपिएर नेपालमा देशभर संक्रमितको संख्या १३४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १२१ पुग्यो, आज फेरि सप्तरीमा थपिए कोरोनाका १ संक्रमित

नेपालमा संक्रमितको संख्या १२० पुग्यो, आज कपिलवस्तुमा थपिए कोरोनाका १० संक्रमित

नेपालमा संक्रमितको संख्या ११० पुग्यो, आज थपिन् उदयपुरमा कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !