५ जेष्ठ २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या १२१ पुग्यो, आज फेरि सप्तरीमा थपिए कोरोनाका १ संक्रमित


कोरोना पोजेटिभ

२७ वैशाख, काठमाडौं । नेपालमा आज फेरि सप्तरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।

वि. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमण पुष्टि भएका सप्तरी जिल्लाका रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

सप्तरी जिल्लाको डाक्नेश्वोरी नगरपालिका-३ निवासी १८ वर्षका पुरुष भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार निजको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

आज मात्र बिहान थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएर नेपालमा संक्रमितको संख्या १२० पुगेको थियो । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेकाे छ । आज फेरि मात्र कोरोनाका नयाँ १ संक्रमित थपिएर नेपालमा देशभर संक्रमितको संख्या १२१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १२० पुग्यो, आज कपिलवस्तुमा थपिए कोरोनाका १० संक्रमित

नेपालमा संक्रमितको संख्या ११० पुग्यो, आज थपिन् उदयपुरमा कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !