५ जेष्ठ २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या १२० पुग्यो, आज कपिलवस्तुमा थपिए कोरोनाका १० संक्रमित


कोरोना पोजेटिभ

२७ वैशाख, काठमाडौं । नेपालमा आज कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँको टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५, र बुद्धभूमि नगरपालिका–७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

योसँगै कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ भने देशभर संक्रमितको संख्या १२० पुगेको छ । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेकाे छ । आज मात्र कोरोनाका नयाँ १० संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या १२० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ११० पुग्यो, आज थपिन् उदयपुरमा कोरोनाका १ संक्रमित

नेपालमा संक्रमितको संख्या १०९ पुग्यो, आज थपिए कोरोनाका ७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !