१५ बैशाख २०८१, शनिबार

अमेरिकामा १५ दिनको अन्तरालमा ५ नेपालीको मृत्यु : कोरोना र हृदयघात मुख्य कारण


अमेरिकामा ५ नेपालीको मृत्यु

चैत २३, न्युयोर्क । अमेरिकाको न्युयोर्कमा १५ दिनको अन्तरालमा कोरोना भाइरस (कोभिड-१९) र हृदयघातको कारण ५ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अजय छोंचन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पाको मृत्यु भएको हाम्राकुरा डट कमले जनाएको छ । केहीदिन अगाडि मात्र न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण अनिल लिम्बुको मृत्यु भएको थियो । ५० बर्षका लिम्बुको आफन्तको उपस्थितिविनै दाहसंस्कार गरिएको थियो । योसँग अमेरिकामा जम्मा ५ नेपालीको मृत्यु भएको हो ।

कोरोनाको इपीसेन्टरको रुपमा रहेको अमेरिकाको न्यूयोर्क क्वीन्सको ज्याक्सनहाइट अवस्थित एलमोस्ट अस्पतालमा उपचार गराएका निमा तेम्वा शेर्पाको कोरोनाकै कारण निधन भएको हो । कोरोनाको इपिसेन्ट रहेको सोहि अस्पतालमै यसअघि अर्का नेपाली अनिल लिम्बुको पनि निधन भएको थियो ।

कोरोनाको लक्षण देखिएर सोहि अस्पतालमै भर्ना भएपनि रिपोर्ट नेगेटीभ आएका अजय छोंचनको चाहि हृदयघातबाट निधन भएको छ। निमोनिया भएर अस्पताल भर्ना भएका छोंचनको आइतवार डिस्चार्ज हुनु अघी हृदयघातबाट निधन भएको हो । केहीदिनदेखि बिरामी अवस्थामा रहेका उनको अवस्था गम्भिर भएको थियो । झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो ।

सोहि अस्पतालमै उपचार गराउन गएका अन्दाजी ४० बर्षका सोनाम लामा चाहि घरमै रहेर उपचार गर्न अस्पतालको सल्लाहपछि घर आएपनि उनी शनिवार भने मृत अवस्थामा फेला परेका थिए । उनको के कारणले मृत्यु भएको हो भने पुष्टि हुन भने बाँकी छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्दै आएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ । झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ ।

मुटुको विरामी पनि रहेका बिष्टको पनि अस्पतालले घरमा गएर आराम गर्नु भनेपछि घरमा रहेकै बेलामा निधन भएको हो । थप एकको पनि मृत्यु भएको कुरा आएको छ तर पुष्टी भने भएको छैन । करिव २० वर्षदेखि न्यूयोर्कमा बस्दै आएका थोक्मे बिष्टको हिजो विहान १० वजेतिर निधन भएको थियो । अपर मुस्ताङको लोमान्थाङका विष्ट न्यूयोर्कको सन्नीसाइडमा अपार्टमेन्टमा वस्दै आएका थिए । उनको निधन पनि आफ्नै अपार्टमेन्टमा भएको हो । यो समाचार खसोखास डटकम, इनेप्लिज डट कम र हाम्राकुरा डटको सहयोगमा तयार परिएको हो ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ नेपालीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !