१४ बैशाख २०८१, शुक्रबार

कोरोना महामारी : एकैदिन भारतमा २२७ संक्रमित, अमेरिकामा १९ हजार भन्दा बढी


कोरोना संक्रमित

एजेन्सी, १८ चैत । छिमेकी राष्ट्र भारतमा एकैदिन २२७ नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित फेला परेका छन् भने अमेरिकामा १९ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको यो सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि १ हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ । २७ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको भारत सरकारले देशमा कोरोना भाइरस अहिले दोस्रो चरणमा रहेको बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ भने थप १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार एक सय ५६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ६३ हजार रहेको छ । अमेकिारमा करिब ५ हजार ५ सय जना निको भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !