२६ बैशाख २०८१, बुधबार

पाटन अस्पतालमा कोरोना आशंका गरिएका १ युवकको मृत्यु


पाटन अस्पताल

चैत १७, ललितपुर । ललितपुरको पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका १ जना बिरामीको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । गम्भीर बिरामी भएर आइतबार पाटन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका ३५ वर्षीय युवकको आइतबार राति नै मृत्यु भएको थियो ।

धादिङ खनियाँपानी घर भएका तामाङ थरका ती युवक चैत १४ गते भारतबाट नेपाल फर्किएका थिए । अस्पताल प्रशासनले उनमा कोरोना संक्रमणको आशंका गर्दै नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ ।

तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् । यसैबीच पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए । पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !