६ जेष्ठ २०८१, आइतबार

Tag: सघन उपचार कक्ष

दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष

लमजुङ । गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ । गत मङ्सिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो ।