१४ बैशाख २०८१, शुक्रबार

कतार एयरलाइन्सबाट नेपाल आएका २ यात्रुमा कोरोनाको संक्रमण


कतार एयरवेज

चैत १५, काठमाडौँ । गएको चैत ४ गते अथवा मार्च १७ कतार एयरलाइन्सको बिमानमार्फत नेपाल आएका २ जना नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । आज शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी हुन् । उनीहरु कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रेका थिए । उक्त जहाजमा उनीहरुसहित २०५ जना यात्रुहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका थिए ।

शनिबार आयोजित पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले आज शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी १९ वर्षीया युवती दोहा हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको बताएपछि सो विमानमा आएका २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको कतार एयरलाइन्सको बिमान मार्च १७ वा चैत ४ गतेको बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या पुग्यो ५ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु