२५ बैशाख २०८१, मंगलबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


कोरोना संक्रमितहरु

साउन २५, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३८० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ३ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सिराहाका ४ जना, मोरङका २८ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, सुनसरीका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको धनुषाका ३५ जना, महोत्तरीका १५, रौतहटका १ जना, सप्तरीका २ जना, सर्लाहीका २ जना र सिन्धुलीका १ जना परीक्षणमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना, सर्लाहीका १ जना, पर्साका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ जना, ललितपुरका १ जना र नुवाकोटका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धनुषाका १ जना, काठमाडौंका १८ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ७ जना र नवलपरासी पूर्वका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाराका १ जना, रामेछापका १ जना, सिन्धुपाल्चोकका १ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका १ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जना, काठमाडौंका १ जना, नवलपरासी पूर्वका १ जना र पर्साका २ जना, विरेन्द्र सैनिक अस्पतालमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा पर्वतका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पाल्पाका १ जना, नलवपरासी पूर्वका १ जना, कपिलवस्तुका ६ जना, रुपन्देहीका ५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २१ जना, बर्दियाका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ११ जना, नवलपरासी पूर्वका १ जना, रुपन्देहीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ जना र सुर्खेतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका ४ जना, कालिकोटका २ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १ जना, डडेल्धुराका ३ जना र डोटीका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !