६ जेष्ठ २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


कोरोना संक्रमितहरु

साउन २४, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३७८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२५९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण महोत्तरीका २ जना र सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै पशुपन्छी रोग अन्वेशण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १६ जना, महोत्तरीका १४ जना, सर्लाहीका ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, चितवनका २ जना, पर्साका १ जना र सर्लाहीका १ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका ४ जना, मकवानपुरका ६ जना, रौतहटका ३ जना, सर्लाहीका ३ जना, सिन्धुलीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका ७ जना, रामेछापका ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, धादिङका १ जना, धनुषाका २ जना ,काठमाडौंमा ५ जना, सिन्धुलीका १ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २ जना, दोलखाका २ जना, काठमाडौंका १ जना, महोत्तरीका १ जना, नुवाकोटका १ जना, रामेछापका १ जना, रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जना, काठमाडौंका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बिध ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, कंचनपुरका १ जना, काठमाडौंका २ जना, मोरङका १ जना, पर्साका १ जना र बाग्लुङका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, म्याग्दीका १ जना र स्याङ्जाका ७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ४९ जना, रुकुप पश्चिमका १ जना, बर्दियाका १ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै चौरजहारी नगरपालिकामा गरिएको परीक्षणमा जाजरकोटका १ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका ३ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४ जना र कंचनपुरका ३ जनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !