१३ जेष्ठ २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १३, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९०६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका २ जना, मोरङका १६ जनामा संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, ओखलढुंगाका १ जना र मोरङका १ जनामा कोरोना पुष्टि भएको छ ।

साथै गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १५ जनामा कोरोना संक्रमण देखिएको छ । साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, इलामका १ जना र पर्साका १३ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, कपिलवस्तुका ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका १ जना र सिन्धुपाल्चोकका ४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा दाङका १ जना, गोरखाका १ जना, काठमाडौंका ९ जना, ललितपुरका १ जना र रामेछापका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका १ जना, पर्साका १ जना, ललितपुरका १ जना र सर्लाहीका १ जनामा कोरोना देखिएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा नवलपरासीका १ जना, र काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नेपाल प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना, स्याङ्जाका १८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका १ जना र मकवानपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जनामा कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ५ जना, रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना र डोटीका ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १६ जना, दार्चुलाका १ जना डोटीका २३ जना, कैलालीका १८ जना र कंचनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !