३ असार २०८१, सोमबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १२, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८७५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २१ जना, सिराहाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना, महोत्तरीका १० जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जना, पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, स्टार अस्पताल ललितपुरमा गरेको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ जना, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २८ जना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !