१४ बैशाख २०८१, शुक्रबार

भारत बन्यो रुसलाई उछिन्दै संसारको तेस्रो सर्वाधिक कोरोना संक्रमित देश


एजेन्सी, असार २२ । हिजो आइतबार रसियालाई उछिन्दै भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ । पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन् ।

यसैगरी वर्ल्ड मिटरका अनुसार भारतको पछिल्लो कोरोना संक्रमित संख्या ६ लाख ९७ हजार ८ सय ३६ छ । यस्तै त्यहाँ हालसम्म १९ हजार ७ सय जनाको कोरोनाका कारण मृत्यु भएको उसले जनाएको छ । आइतबारमात्रै भारतमा झण्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए।

पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । भारतमा दैनिक औसतमा २२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यहाँ जूनमा ३ लाख ८७ हजार ४ सय २५ संक्रमित भेटिए । यहाँ २१ जूनपछि हरेक दिन १५ हजार बढी संक्रमित भेटिएका छन् ।

यस्तै संक्रमित संख्याको आधारमा चौथो नम्बरमा रहेको रसियामा ६ लाख ८१ हजार २ सय ५१ जना संक्रमित छन । रुसमा सबैभन्दा धेरै संक्रमित मे मा भेटिए । यो महिना यहाँ सबैभन्दा धेरै २ लाख ९१ हजार ४ सय १२ संक्रमित पुष्टि भयो । यहाँ ११ मे सबैभन्दा धेरै ११ हजार ६ सय ५६ संक्रमित भेटिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !