७ पुस २०८१, आइतबार

गर्भधारण र सन्तानको इच्छा हुनेहरूका गरिने उपचार


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज अधिकांश परिवारमा यो समस्या देखिएको छ । थुप्रै उपचार गर्दा गर्दा ठिक नभएका धेरै केस छन् । हाम्रो बुबा हजुरले गर्नुहुन्थ्यो जुन आज मैले सबैको लागि यो फार्मुला सेयर गर्दैछु । कुनै पनि चिजलाई हल्का रूपमा लिनु हुदैन ।

हाम्रो समाजमा यस्ता अनेकौं फार्मुला छन्, जसको प्रयोग अल्छीपनका कारण हामीले त्यसै छोडेका छौं । यस्ता कुरामा हामीले बढी ध्यान दिन आवश्यक छ । जडिबुटी होस् या कुनै पनि औषधि होस् सेवन गराउने तरिका राम्रोसंग बुझ्न आवश्यक छ ।

आजको लेखमा बाझोपना मेटाउने सरल फार्मुला मैले हृदयमा नराखी पस्कनेछु । यस अघि पनि मैले धेरै फार्मुला पस्की सकेको छु कतिले लाभ उठाउनु भयो एकिन हुन सकेन । तर यो फार्मुला धेरै महत्वपूर्ण छ । जनकल्याण होस् भन्ने मेरो चाहना छ ।

फार्मुला साधारण छ । जो कसैले गर्नसक्छ नियमको पालना र औषधि बनाउने कुरामा भर पर्छ । कतिपय साथीहरूले यो विधिबाट ख्याति कमाउन सक्नुहुन्छ भन्ने कुरा मलाई पुरा विश्वास छ । जो जसले यो काम गर्नु हुनेछ, उहाँहरूले १ माना चामल र १०१ रुपैया दान दिन नभुल्नु होला यो नै गुरू दक्षिणा हो ।

औषधि खाने तरिका

१. शिवलिंगी बुटि ४,५ दाना दिनमा १ पटक गाईको दूधसंग खाने । यो नियम महिनावारी भएको पाचौं दिनदेखि शुरु गर्ने कम्तीमा ३ महिनासम्म ।

२. सुपारी पाक (लघु) दिनमा २ पटक दूधसंग ३ महिनासम्म खाने ।

३. रेगुमिन्स सिरप १५,२० मिली जति समभाग पानीसंग दिनमा २ पटक खाने ।

नोट : विषेश जानकारी र उपचार आवश्यक देखिएमा हामीलाई यो ९८५७०४०२९८ नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस्

टाइफाइड रोग र यसको आयुर्वेदिक उपचार

रुघाखोकी र यसको जडिबुटीहरुवाट उपचार

मोतियाविन्दुको होम्योपैथीक औषधिवाट सफल उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !